उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

सुर्खेत । वैशाख ३० गतेका हुने स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरमा  उठेका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गसएको छ ।

मुख्य निर्वाचन कार्यालय वीरेन्द्रनगरका अनुसार  वीरेन्द्रनगरमा दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र  स्वतन्त्र उम्मेदवारहरुलाई विभिन्न चुनाव चिह्न प्रदान गरिएको हो ।

नगरको प्रमुखका स्वतन्त्र उम्मेदवार उमानन्द पंगालीलाई (मुढा) र प्रमुखकै स्वतन्त्र उम्मेदवार भिम प्रसाद शर्मालाई खानेपानीको धारा चुनाव चिह्न प्रदान गरिएको छ ।