नेपाल टी–२० क्रिकेट लिगमा आज दुई खेल


सुर्खेत । नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा जनकपुर रोयल्स र काठमाण्डौ नाइट्स खेल्दैछन् ।

यो खेल अहिले बिहान ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु भएको छ । जनकपुरले यसअघिका पाँच खेलमा चार वटा खेल जितेको छ । जनकपुर ८ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । चार खेलमा २ वटा जितेको काठमाण्डौ ४ अङ्कसहित तेस्रो स्थानमा छ ।

आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् ।

यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । ६ खेल खेलेको लुम्बिनी ५ वटा जितेर १० अङ्कका साथ तालिकाको शीर्षस्थानमा छ । ५ खेल खेल्दा २ वटा मात्र जितेको विराटनगर ४ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ । ६ टोली सहभागी प्रतियोगितामा पोखरा पाँचौँ र फार वेस्ट छैटौँ स्थानमा छ ।