
फोटो : मिलन श्रेष्ठको फेसबुकबाट
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (विप्लप) लगाएतले आव्हान गरेको बन्दका कारण सुर्खेत जिल्ला प्रभावित भएको छ । बन्दका कारण वीरेन्द्रनगर बजारक्षेत्र विगतको तुलनामा पुर्ण बन्द रहेको र सार्वजनिक यातायातका साधन समेत चलेका छैनन् ।
सवारी धनीहरुले सवारी साधन चलाउन चाहेको खण्डमा सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार वीरेन्द्रनगर देखी बाँकेको सिमाना बबईसम्म, पश्चिममा बराहताल गाउँपालिका र उत्तरमा वीरेन्द्रनगर १४ गोठीकाँडासम्म सुरक्षा व्यवस्था गरिएको हो ।
सुर्खेतमा बन्दकर्ताहरुले त्यस्तो अप्रिय कुनैपनि घटना भने नघटाएको प्रहरीले जानकारी दिएको छ ।

फरकबाटो ७ भाद्र २०७९, मंगलवार ०८:१५