सुर्खेत । कर्णाली प्रदेश सरकारले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई गरीखाने कार्यक्रमको नीति लिएको छ । सरकारले आगामी वर्षका लागि आज सार्वजनिक गरेको नीति कार्यक्रममा वैदेशिक रोजगारबाट फर्केकालाई गरीखाने कार्यक्रममा जोड्ने नीति लिएको हो ।
विदेशबाट फर्केका तथा स्वदेशभित्र रोजगारीका अवसरबाट बञ्चित युवाहरुलाई सिप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशिल उद्यम मार्फत स्वरोजगार बनाउन “गरी खाने” कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने नीति सरकारले लिएको हो ।
यस्तै कर्णालीको जडीबुटीजन्य बस्तुको उत्पादनमा आन्तरिक र बाह्य पुँजी र प्रविधि भित्राउँदै ‘मेक इन कर्णाली’ कार्यक्रमलाई विशेष प्राथमिकता दिने, कृषकहरुका लागि ‘कृषी प्राविधिक स्वरोजगार कार्यक्रम’को व्यवस्थापन गर्ने नीति सरकारले लिएको हो ।


फरकबाटो २४ जेष्ठ २०७९, मंगलवार १८:२४