सुर्खेत । कर्णाली उत्सवको तेस्रो अर्थात् अन्तिम दिनमा पाँच वटा प्रस्तुती रहेका छन् । जसमा पहिलो सत्रमा रुपान्तरण पुस्तान्तरण, जसमा वक्ताहरु प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, सोवीता गौतम,विश्लेषक दिपेश घिमिरे रहेका छन् । जसको सहजीकरण पत्रकार प्रशान्त अर्यालले गर्नेछन् ।
यस्तै दोस्रो सत्रमा सग्लो समाज सङलो राजनिति जसमा वक्ताहरु नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, मानवअधिकारकर्मी मोहना अन्सारी रहेका छन् । जसको सहजीकरण सुशासनविद् अंगराज तिमिल्सीनाले गर्नेछन् ।
यस्तै तेस्रो सत्रमा समावेशी शासन, चौथो सत्र डिजिटल डेमोक्रेसी र पाँचौ सत्र कर्णालीदेखी काठमान्डौंसम्म रहेका छन् । भोलीनै उत्सवको सभापन समेत हुने आयोजकले जानकारी दिएको छ ।
फरकबाटो ६ फाल्गुन २०७९, शनिबार १९:२२