कर्णाली प्रदेशका साना जलविद्युत आयोजनाको अवस्था बुझ्दै मन्त्री सिंह


सुर्खेत । कर्णाली प्रदेशभरी रहेका साना जलविद्युत आयोजनाको अवस्थाबारे जानकारी दिन कर्णाली प्रदेशका जलस्रोत तथा विकास मन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका छन् ।

मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री सिंहले कर्णाली विद्युतमा यथार्थ चित्रण गर्नका लागि अवस्था बारे जानकारी दिन निर्देशन दिएका हुन् । कुन जिल्लामा कति विद्युतका आयोजना अलपत्र परेको , सञ्चालन भएको र निर्माणधिन रहेको बारेमा चासो लिँदै मन्त्री सिंहले हप्ता दिन भित्र त्यसको विवरण दिन आग्रह गरे ।

साना लगानीका जलविद्युत योजना धेरै समयम्मि निर्माण नहुने र निर्माण भएका पनि दिगो नहुने समस्या बल्झिरहेको अवस्थामा त्यसको समस्या समाधान गर्नका लागि मन्त्री सिंहले जानकारी दिन आग्रह गरे ।
वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रलाई तत्काल सो रिर्पोट पेश गर्न मन्त्री सिंहले निर्देशन दिए । त्यस्तै जगदुल्ला जलविद्युत आयोजना बारेमा समेत छलफल भएको छ । आयोजनाका निर्मित प्रमुख सञ्जय सापकोटाले , मन्त्री सिंहलाइ आयोजनाको प्रगती विवरणका विषयमा जानकारी गराउँन गराए ।
त्यस्तै १० जिल्लाका विद्युत प्राधिकरणका प्रमुख , खानेपानी तथा उर्जा विकास कार्यालयका प्रमुखसँगको छलफल समेत सकिएको मन्त्री सिंहका प्रमुख स्वकीय सचिव हेमन्त केसीले जानकारी दिए ।