राष्ट्रिय बाल दिवसको अवसरमा दीप प्रज्वलन

सुर्खेत । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नं ४ कृष्ण चौकमा कृष्ण बाल क्लबले दीप प्रज्वलन गरेको हो ।

बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने नाराका साथ भदौ २० गत ५८ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । कृष्ण टोल विकास समितिका अध्यक्ष मानबहादुर शाहीले दीप प्रज्वलन गर्दै रेका हुन् ।

यस कार्यक्रममा कृष्ण बाल क्लबका बालबालिका, नवज्योति केन्द्रको जरमाया बाढा, हिमा गिरी, समाजसेवी कमला पौडेल र सीता थापाको सहभागिता थियो ।