डोटीमा असिनापानी : हिउँदे बाली सखाप


सुर्खेत । डोटीमा परेको असिनापानीले हिउँदे बालीनालीमा ठूलो क्षति पुर्‍याएको छ । पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा परेको असिनापानीले बालीनालीमा क्षति पुर्‍याएपछि किसानहरू चिन्तामा परेका छन् ।

लामो समयदेखि खडेरी परेको र एकाएक परेको असिनाले गहुँबाली, तरकारीखेती र फलफूलखेतीमा क्षति पुर्‍याएकाले किसानहरू चिन्तित बनेका स्थानीयवासीले बताएका छन् ।