मनास्लु हिमालमा हिमपहिरो, १ जनाको मृत्यु

सुर्खेत । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आइतबार पुनः हिमपहिरो जाँदा एकजनाको मृत्यु भएको छ । आइतबार साढे ४ बजेतिर हिमपहिरोमा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हिमपहिरोमा परेका चारमध्ये तीनजना तत्काल नै सम्पर्कमा आएका थिए । पहिरामा परेका शेर्पा भने वेपत्ता भएका थिए ।