थप १० जनामा कोरोना संक्रमण पुष्टि, २६ जना मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ३३९ जनामा गरिएको नमुना परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यस्तै सोही समयमा कोरोना संक्रमणबाट २६ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५४६ जना रहेका छन् ।