मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि


सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुने बताएकी छन् ।

मङ्गलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुने बताएकी हुन् । नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुङ्गो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उनले सुनाईन् ।

त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको चुनावपछि मात्रै लिने प्रवक्ता शर्माले जानकारी गराईन् । राष्ट्रपतिको चुनावका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनले प्रष्ट पारिन् । उनले निर्धारित समयभित्रै विश्वासको मत लिइने बताईन् ।