लोहोरे खोलामा करेन्ट लगाई माछा मार्ने ३ जना पक्राउ

सुर्खेत । डुङ्गेश्वर गाउँपालिका दैलेखको लोहोरे खोलामा करेन्ट लगाई माछा मार्ने तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउसो करिब साढे १ बजेतिर डुङ्गेश्वर गाउँपालिका २ का १५ वर्षीय लक्ष्मण तिरुवा, सोही ठाउँका १९ वर्षीय राजन थापा मगर र १६ वर्षीय मनोज गाहा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

लोहोरे खोलामा करेन्ट लगाई माछा मार्दै गरेको गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जानकारी दिएको छ ।

उनीहरुबाट प्रहरीले १२ भोल्टको ब्याट्री, १ वटा इन्भटर, १ थान जाल र ४ केजीका दुईवटा माछा समेत बरामद गरेको हो ।