गठबन्धनका शीर्ष नेताको बैठक भोलि ३ बजे बस्ने

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार भएको भेटमा उनीहरुबीच भोलि बिहीवार दिउँसो ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने सहमति भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।