प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रवार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा उहाँहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको छ ।

यसअघि हिजो शुक्रवार सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा न्यूनतम साझा कार्यक्रमका लागि उच्चस्तरीय संयन्त्र गठन गरेको थियो । सत्ता गठबन्धनमा आबद्ध दलका अध्यक्षहरूको बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णय पनि गरेको थियो ।

सत्ता गठबन्धनमा शक्ति बाँडफाँट प्याकेजमै टुङ्ग्याउने तयारी छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै छलफल र संवाद तीव्र पारेका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।