‘खोप लगाउन बाध्य हुनुभन्दा प्रतियोगिता गुमाउँछु’

काठमाडौं । सर्वियाका टेनिस खेलाडी नोभाक जोकोभिचले कोभिडविरुद्धको खोप लगाउन बाध्य हुनुभन्दा भविष्यमा हुने ग्रान्ड स्लामसहितका प्रतियोगिता गुमाउने बताएका छन् ।

 

बीबीसीसँगको कुराकानीका क्रममा जोकोभिचले खोपविरुद्धको अभियानमा आफू संलग्न नभएपनि व्यक्तिगत स्वतन्त्रतालाई समर्थन गर्ने बताए ।

जोकोभिचले खोप लगाउन बाध्य पारिए विम्वल्डन तथा फ्रेन्च ओपनजस्ता प्रतियोगिताहरुमा सहभागिता नजाउने स्पष्ट पारे । २० पटकका ग्रान्ड स्लाम विजेता जोकोभिचलाई अष्ट्रेलियन ओपनका लागि अष्ट्रेलिया पुग्दा डिपोर्ट गरिएको थियो ।