
सुर्खेत । १३औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ ।
शनिबार राति माल्दिभ्समा भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारतले आठौँ पटक उपाधि उचालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि भारतले दोस्रो हाफमा तीन गोल गरेको हो।
साफको इतिहासमा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेन । नेपाल उपविजेतामा सिमित भएको छ ।

फरकबाटो ३० आश्विन २०७८, शनिबार २२:४५