ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु प्रकरण :  धनगढीमा निषेधाज्ञा जारी


सुर्खेत । कैलालीको धनगढीमा ग्रेडरले किच्दा एक बालिकाको ज्यान गएपछि उत्पन्न भएको तनावलाई नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

धनगढी उपमहानगरपालिका ५ हसनपुर–पिपल चौतारा सडक खण्डमा आज बिहीवार बिहान कालिका कन्ट्रक्शनको ग्रेडरले किच्दा १५ वर्षीया चेतना साउदको ज्यान गएको थियो । पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा कक्षा ८ मा पढ्ने बालिका साउदको घटनास्थलमै ज्यान गएको हो । साउद साइकलमा विद्यालय जाँदै गर्दा सडकको लेभल मिलाउँदै गरेको अवस्थामा ुब्याकु गर्ने क्रममा ग्रेडरले ठक्कर दिएको थियो ।

अहिले बालबालिकाको शव घटनास्थलमै रहेको र स्थानीयले सडकमा विरोध गरिरहेका अराजक गतिविधि हुन सक्ने भन्दै प्रशासनले अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । । घटनास्थलमा आफन्त र स्थानीयवासीले विरोध गर्दा सडकमा गाडी आवागमन ठप्प बनेको छ ।