सामुदायिक वनको स्वायत्तताको माग गर्दै आन्दोलित

सुर्खेत । सामुदायिक वनको स्वायत्तताको माग राखेर सामुदायिक वन उपभोक्ता समिति आन्दोलित भएका छन् ।
सामुदायिक वनको अधिकार कटौती गर्ने गरी प्रदेश ऐन, वन निमावली २०७८ को समस्यौदा संरक्षित क्षेत्र बिस्तार तेहेरो कर र वन पैदावार उपयोगमा लगाईएको प्रतिबन्दको विरुद्ध आन्दोलन गरिएको हो ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल कर्णाली प्रदेशले स्वायत्तताको कायमको कायम राखेर धर्ना दिएको हो ।
सामुदायिक वन उपभोत्ता महासंघका केन्द्र सदस्य चन्द्र प्रसाद थानीले सरकारले धेरै कर लगाएको भन्दै खारेज गर्न माग गरे । उनले १५ प्रतिशत करलाई खारेज गरेर न्यूनतम पाँच प्रतिशत कायम गर्नुपर्ने बताए । उनले ऐन, निमावली गराउँदा सामुदायिक वनको हित अनुसार बनाउनुपर्नेमा जोड दिए ।
उनले माग पुरा नभएर कडा आन्दोलन गर्ने चेतावनी दिए ।