सुर्खेतमा मिनिबस दुर्घटनाः दुई जनाको मृत्यु, आठ जना घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मिनिबस दुर्घटना भएको छ । दैलेखको बेस्तडाबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको मिनिबस वीरेन्द्रनगर १४ लादेमा शनिबार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अपराह्न दिउँसो साढे चार बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जनाएको छ ।

दुर्घटनामा परेर दैलेखको नारायण नगरपालिका ११ का १८ बर्षिय सुशिल रावत र भगवतिमाई गाउँपालिका वडा नं १ का ३४ बर्षिय शान्ता आचार्यको मृत्यु भएको कार्यालयका प्रवक्ता एवं डिएसी रामप्रसाद घर्तिले जानकारी दिए ।

दुर्घटनामा एक जना गम्भिर घाइते र सात जना समान्य घाइते भएको उनले बताए ।