
सुर्खेत । माघ १८ गते सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबिच भएको सहमति कार्यान्वयन गर्न माग गरिएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेले माघ १८ गते गरिएको सात बुद्धे सहमती कार्यान्वयन गर्न माग गरेको हो ।
प्रदेशसभा सदस्य गुलाबजंग शाहले सरकारले हालसम्म एउटा पनि सहमति कार्यान्वयन नगरेको बताए । उनले सहमति कार्यान्वयन नगरे एमाले कडा रुपमा प्रस्तुत हुने चेतावी दिए । उनले भने, ‘सहमती अनुसार कार्यान्वयन हुन्छ की हुँदैन् ? कार्यान्वयन नभए एमालेले कडा कदम चाल्न बाध्य नबनाइयोस् ।’
प्रदेशसभा सदस्य मिनासिंह रखालले सहमति कार्यान्वयनमा सरकारले आलटाल गरिरहेको बताइन् । उनले सहमति अनुसार सरकारले सम्बोधन नगरे एमालेले धारणा राख्ने उल्लेख गरिन् । उनले साना योजनाहरु अझै पनि बाँड्ने काम भइरहेको भन्दै कार्यान्वयन गर्न माग गरिन् ।
माघ १८ गते सरकार र प्रमुख प्रतिपक्ष दलबिच भएको सहमतिमा १५ लाख भन्दा तलका टुक्रे योजनाहरु कार्यान्वयन नगर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रम संचालन सम्बन्धी कार्यविधि सुधार गर्ने, पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गर्दा गत वर्ष नै दायित्व सृजना भइसकेका योजनाहरुको लागि अलग बजेटको व्यवस्थापन गर्ने, कर्णालीमा पाँच स्थानमा निर्वाचित सदस्य खालि रहेकोले उक्त ठाउँमा पूर्वाधार विकास कार्यक्रम संचालन गर्दा प्रमुख प्रतिपक्ष दलसँग सल्लाह र सहमितमा अघि बढाउने, अधुरा योजना, काम सम्पन्न भएर भुक्तानी हुन बाँकी योजनाका लागि बजेट विनियोजन गर्ने उल्लेख छ ।

फरकबाटो २७ माघ २०७८, बिहीबार १४:१५