प्रधानमन्त्रीले प्रत्येक शुक्रबार पेरिसडाँडामा पार्टीका कार्यकर्तासँग भेट्ने

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि नेता कार्यकर्तालाई पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन्।

नेता कार्यकर्ता भेट्नका लागि प्रत्येक शुक्रबार बिहान ८ बजेदेखि दुई घन्टाको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आज पनि प्रधानमन्त्री प्रचण्ड बिहान ८ बजे नै पेरिसडाँडा पुगेका थिए। कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई काममा व्यवधान नआओस् भनेर माओवादी केन्द्रले कार्यालय समय बाहिर पार्टी कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटघाटको व्यवस्था मिलाएको हो ।

प्रधानमन्त्रीसहित माओवादीका मन्त्रीहरूले आजदेखि पार्टीका कार्यकर्ताहरूलाई केन्द्रीय कार्यालयबाटै भेट्नेछन्।