पाकिस्तान भ्रमणका लागि अष्ट्रेलियाको टिम घोषणा

काठमाडौं । अष्ट्रेलियाले पाकिस्तान भ्रमणका लागि टेस्ट टिमको घोषणा गरेको छ । अष्ट्रेलिया क्रिकेटले प्याट कमिन्सको कप्तानीमा १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।

अष्ट्रेलियाले मार्चदेखि अप्रिलसम्म पाकिस्तानको भ्रमण गर्दैछ । अष्ट्रेलियाले २४ वर्षपछि पाकिस्तानको भ्रमण गर्न लागेको हो । पछिल्लो पटक अष्ट्रेलियाको टिमले १९९८ मा पाकिस्तानको भ्रमण गरेको थियो । पाकिस्तानको भ्रमण दौरान अष्ट्रेलियाले घरेलु टिमविरुद्ध टेस्ट, एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ।

अष्ट्रेलिया र पाकिस्तानबीच तीन खेलको टेस्ट, तीन खेलको एकदिवसीय र एक टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल हुनेछ । सुरुआतमा टेस्ट सिरिज हुनेछ । पहिलो टेस्ट म्मर्च ४ मा हुनेछ ।