चेल्सीलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा चेल्सीलाई १-० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।

आर्सनलको जितमा गाब्रियल मागल्हेसले निर्णायक गोल गरे । खेलको ६३ औं मिनेटमा उनले गोल गरेका थिए ।

जितसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ । आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले अघि रहेको छ । चेल्सी २१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।