मातदाता नामावली सङ्कलन मंगलबारबाट बन्द

काठमाडौं । निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली संकलन बन्द गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते निर्णय गरेसँगै भोलिदेखि मतदाता नामावली संकलन बन्द हुने भएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अब निर्वाचन कार्यतालिका एक–दुई दिनमा सार्वजनिक गर्ने र सोही बमोजिम कार्य अगाडि बढाउने जानकारी दिए ।