बैंक तथा वित्तीय संस्था शनिबार पनि खुल्ला हुने

सुर्खैत । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई शनिवार पनि कार्यलय खोल्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि असार २३ शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला राख्न भनेको हो ।

यस्तै, असार ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न भनेको छ । चालु आर्थिक वर्ष २०७९र८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाब परेको छ ।