कर्णाली सरकारले पुर्णता पायो ,महिलालाई उपेक्षा

सुर्खेत । कर्णाली प्रदेश सरकारले पुर्णता पाएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले आज पाँचजना मन्त्री शिफारिस गरेसंगै सरकारले पुर्णता पाएको हो ।

सरकारले महिलालाई भने उपेक्षा गरेको हो । कर्णाली प्रदेश सरकारले पुर्णता पाएपनि सरकार महिला बिहिन बनेको हो । सरकारमा मुख्यमन्त्री सहित आठजना मन्त्रीहरु छन् तर सबै पुरुष रहेका छन् ।

मन्त्री बन्नसक्ने क्षमता भएका महिला सांसदहरु भएपनि राजनितिक दलहरुले महिलालाई मन्त्री पदका लागि शिफारिस नगरेका हुन् ।

यसअघि नेकपा माओबादीका बिमला केसी र सीता कुमारी नेपाली मन्त्री भइसकेका छन् । तर नेपाली काँग्रेस, नेकपा माओबादी र नेकपा एकिकृत समाजबादीको तिनदलिय गठबन्धनको सरकारले महिलाहरुलाई उपेक्षा गरको हो ।

आज शिफारिस भएका पाँचजना मन्त्रीहरुले आज निर्धारित समयमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख तिलक परियारले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

आज शिफारिस भएका मन्त्रीहरु हुम्लाका छिरिङ डम्बुल लामा उर्फ कार्चेन लामाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, नेपाली काँग्रेस सुर्खेतबाट निर्वाचित यज्ञबहादुर बुढाक्षेत्रीले सामाजिक विकास मन्त्रालय, एकिकृत समाजबादीका(जुम्ला) पदम बहादुर रोकायले भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय, नेकपा माओबादीका गणेश प्रसाद सिंहले (जाजरकोट) जलस्रोत तथा उर्जा विकास मन्त्रालय र नेपाली काँग्रेस दैलेखबाट निर्वाचित हिमबहादुर शाहीले आन्तरिक मामीला तथा कानुन मन्त्रालय सम्हाल्ने भएका हुन्