फागुन १ गतेबाट विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस

काठमाडौं । कोरोनाको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय खोल्न सरकार समक्ष सिफारिस गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले आगामी फागुन १ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

‘विद्यालय फागुन १ गतेबाट खोल्ने । विद्यालय खोल्दा खेरी १२ वर्षमाथिका बालबालिकाको लागि नियमित कक्षा सञ्चालन गर्ने ।,’ उनले भनिन्, ‘१२ वर्षभन्दा कम उमेर समूहका बालकालिकाको लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने गरि सिफारिस भएको छ ।’

कोरोनाको तेस्रो लहर ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि गत पुस २५ गते बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
उज्यालो