
सुर्खेत । कर्णाली प्रदेश सरकारले विभिन्न प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कृत गर्ने भएको छ ।
आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक तथा मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले पुरस्कृत गर्ने निर्णय गरेको हो ।
परिषद्का उपाध्यक्ष प्रमोद हमालले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने निर्णय गरिएको बताए । बंगलादेशमा सम्पन्न भलिवल प्रतियोगीतामा प्रथम भएकी जाजरकोटकी कामना विष्टलाई ५० हजार र अल्टाम्याराथनमा महिलातर्फ प्रथम भएकी जुम्लाकी सुनमाया बुढालाई दुई लाख रूपैयाँ प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
यस्तै बैठकले प्रदेश रंगशालामा नेपालकै पहिलो भलिवलको कवर्ड हल निर्माण गर्ने निर्णय गरेको छ । कालिन्चोक मैदानलाई प्रदेश रंगशाला निर्माण नहुँदासम्मका लागि बैकल्पिक खेलकुद मैदानको रूपमा प्रयोग गर्ने पनि बैठकले निर्णय गरेको छ ।

फरकबाटो १८ पुष २०७८, आईतवार २०:१९