काठमाण्डौ महानगरपालिकामा कम्पोष्ट मल बनाउने काम बिस्तार


सुर्खेत । काठमाण्डौ महानगरपालिकाले कम्पोष्ट मल बनाउने कामलाई बिस्तार गरेको छ । यसअघि टेकुमा रहेको ट्रान्सफर स्टेशनमा एक ठाउँबाट मात्रै कुहिने फोहरबाट मल बनाउन सुरु गरेको महानगरपालिकाले टेकुकै अर्को ठाउँमा पनि कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ ।

परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन प्रक्रिया काठमाण्डौ उपत्यकाको अन्य ठाउँ र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन गर्ने ठाउँ बञ्चरेडाँडामा पनि सुरु गर्ने महानगरको तयारी छ ।

कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले बताए ।