मन्त्रिपरिषद्ले पुर्णता पाउँदै ,आजै ७ बजे सपथग्रहण

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पुर्णता पाउने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै पाँचजनालाई मन्त्रीमा शिफारिस गरेका हुन् ।

शिफारिस भएका मन्त्रीहरुले आजै साँझ ७ बजे पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

मुर्तीचोर आरोप लागेका गैर सांसद हुम्लाका छिरिङ डम्बुल लामा उर्फ कार्चेन लामालाई माओबादीले मन्त्रीमा शिफारिस गरेको छ । उनी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा शिफारिस भएका हुन् ।

नेपाली काँग्रेस सुर्खेतबाट निर्वाचित यज्ञबहादुर बुढाक्षेत्री सामाजिक विकास मन्त्रालय, एकिकृत समाजबादीका(जुम्ला) पदम बहादुर रोकाय भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय, नेकपा माओबादीका गणेश प्रसाद सिंह (जाजरकोट) जलस्रोत तथा उर्जा विकास मन्त्रालय र नेपाली काँग्रेस दैलेखबाट निर्वाचित हिमबहादुर शाही आन्तरिक मामीला तथा कानुन मन्त्रालयमा शिफारिस भएका हुन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै उनीहरुलाई मन्त्री पदमा शिफारिस गरेका हुन् ।