युवासँग प्रदेशसभा संवाद कार्यक्रम सम्पन्न

 

सुर्खेत । संसदलाई कानुन बनाउने थलोको रुपमा लिइन्छ । प्रदेश सभा सदस्यहरुले पनि नागरिकहरुको हितको लागि विभिन्न कानुनहरु बनाउनुपर्छ । तर हामीले बिगत १ वर्षदेखी कर्णाली प्रदेश सभाको वेवसाइट चेक गरिरह्यौँ । पछिल्लो एक वर्षमा कर्णाली प्रदेश सभाबाट एउटा पनि कानुन बनेको रहेनछ। किन यति लामो समय बितिसक्दा पनि प्रदेश सभाबाट कानुन बन्न सकेका छैननरुु कर्णाली प्रदेश सभा सभामुखलाई बुधवार एक कार्यक्रममा गरिएको प्रश्न थियो यो।

कर्णाली प्रदेश सभाको स्थापनाको चार वर्ष पुग्दै गरेको अवसरमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधवार प्रदेश सभा परिसरमा सञ्चालित युवासँग प्रदेश सभाः संवाद कार्यक्रम मा वीरेन्द्रनगरका युवा बिनिता बोगटीले सभामुखलाई थप सोधेकि थिइन् । तपाईहरुले हरेक वर्ष स्थापना दिवसको अवसरमा मात्रै युवाहरुलाई यसरी बोलाएर संवाद गर्नुहुन्छ कि हरेक महिनाजसो स्थानीय तह तथा विद्यालयहरुमा गएर यस्तै संवाद गर्नुहुन्छ रुु बोगटीले प्रश्नसँगै कर्णाली प्रदेश सभाले सर्वसाधारणको लागि हरेक महिनाको १५ र २९ गते प्रदेश सभा अनुगमन खुला गरेकोमा धन्यवादसमेत व्यक्त गरिन् ।

कार्यक्रममा प्यानलिस्टको रुपमा प्रदेश सभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुषपा घर्ति विष्ट, प्रदेश सभाको समाजिक विकास समितिका अध्यक्ष देवी ओली, सार्वजानिक लेखा समितिका अध्यक्ष पदमबहादुर रोकाय, अर्थ तथा प्राकृतिक स्रोतसाधन समितिका अध्यक्ष गणेशप्रसाद सिंह, विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष दानसिंह परियार र प्रदेशसभाका सचिव जिवराज बुढाथोकि रहेका थिए ।

बोगटीको प्रश्नमा प्यानलिस्टहरुको जवाफ थियो ुप्रदेश सभामा विधयेक ल्याउने काम प्रदेश सरकारको हो सरकारले विधयेक नल्याउँदा कानुन बन्न सकेका छैनन् । त्यसैगरी हामीकहाँ सांसदहरुले गैरसरकारी नल्याउँदा समस्या भएको छ । हाल भने गैरसरकारी विधयेक ल्याउन सुरु भएको छ ।
कार्यक्रममा भौतिक रुपमा ३५ जना युवाहरु सहभागी थिए । भर्चुअल माध्यमबाट कर्णाली प्रदेशका सबै जिल्लाका करिब ३० जना युवाहरु सहभागी थिए। सहभागी अधिकांश युवाहरुले सांसदहरुसँग प्रश्न गरे । जवाफ मागे । युवाहरुले कानुन निर्माण देखी प्रदेश सरकारका काम कारवाहीका सम्बन्धमा संसदीय समितिका अध्यक्षहरुलाई प्रश्न गरे ।

सभामुख, उपसभामुख तथा संसदीय समितिका अध्यक्षहरुलाई युवाहरुले उनिहरुको पदिय दायित्व र त्यसको कार्यान्वनको अवस्थाबारे प्रश्न गरे । सांसदहरुले त्यसको जवाफ दिए ।

प्राय युवाहरुको चासो कानुन निर्माणसँग नै सम्बन्धित थियो । कानुन निर्माण गर्दा तीन तहका सरकारका कानुन आपसमा बाँझिएमा के हुन्छ रुु कार्यक्रममा सहभागी बिमल बुढाले प्रश्न गरे । मध्यपश्चिम विद्यालयमा अध्ययनरत सुर्खेतका श्रीया सुवेदिको प्रश्न पनि कानुन निर्माणसँग नै सम्बन्धित थियो । उनले प्रदेश सभाबाट बन्ने कानुनहरुमा नागरिक सहभागिताबारे जिज्ञासा राखिन् ।

उनले प्रदेश सभामार्फत बन्ने कानुनहरुमा सरोकारवालाको सहभागिता बढाउन सुझाबसमेत दिइन् । कार्यक्रममा सहभागी युवा एकता देवकोटाले युवासँग सम्बन्धित नीतिहरुबारे प्रश्न गरिन् । भर्चुअल माध्यमबाट जोडिएका हुम्लाका मनोज बोहोराले संसदीय समितिमा गएका विधयेकहरु नागरिकस्तरमा पुगेको वा नपुगेकोबारे प्रश्न गरे ।

भर्चुअल माध्यममार्फत कालिकोटबाट जोडिएका राजेश उपाध्यायको प्रश्न भने फरक थियो । उनले प्रदेश सभा सचिव जिवराज बुढाथोकीसामु प्रश्न गरे । हामीले प्रदेश सभाको वेवसाइटमा प्रदेश सभा सदस्यहरुको हाजिरी कहिले हेर्न पाउँछौँरुु जवाफमा बुढाथोकीले त्यसबारे योजना रहेको बताए ।

सभामुख राजबहादुर शाहीले युवाहरुका प्रश्नहरुले नीतिनिर्माणमा युवाको चासो भएको बोध भएको बताउँदै त्सले आफुहरुलाई प्रत्साहान मिलेको बताए । उनले नागरिकस्तरमा संसदप्रति सरकारले गर्ने कामको अपेक्षा भएको र संसदको मुख्य काम नीतिनिर्माण भएकोले साझा बुझाइ बनाउन समय लागेको बताए ।

सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले समितिले दिएका विभिन्न निर्देशनहरुमध्ये करिब ७० प्रतिशत निर्देशनहरु सरकारले कार्यान्वयन गरेको बताइन् । उनले समितिले विधयेकहरुमाथी दफाबार छलफल गर्ने तथा सरकारका कमी कमजोरीहरुमा खवरदारी गरिरहेको बताइन् ।

प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले खुला संसदको अभ्यासस्वरुप प्रदेश सभाले विभिन्न गतिबिधि सञ्चालन गरी नागरिकसामु पुगेको बताए । आगामी दिनहरुमा समेत संसदलाई नागरिकस्तरमा पुर्याउन काम हुनेसमेत उनले बताए ।

कर्णाली प्रदेशसभाले स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको छ । प्रदेशसभाले चौथो वार्षिकोत्सव माघ २१ गते औपचारीक कार्यक्रम गरी मनाउँदैछ । माघ १७ गतेदेखि स्थापना दिवस लक्षित कार्यक्रम आयोजना गर्न थालिएको छ । माघ १७ गते प्रदेशसभा परिसरको सरसफाइ, माघ १८ गते खेलकुद प्रतियोगिता, माघ २० गते ‘म प्रदेशसभा सदस्य भएँ भने’ शीर्षकमा माध्यमिक विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगिता सञ्चालन भएको छ । माघ २१ गते बिहान ११ बजे औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाइने प्रदेश सभा सचिवालयले जनाएको छ ।

लक्ष्मी पौडेलको सहयोगमा