चितवनको भरतपुरमा शिक्षक अस्पताल बन्ने

काठमाडौं । चितवनको भरतपुरमा शिक्षक अस्पताल बन्ने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले भरतपुरमा शिक्षक अस्पताल बनाउन स्वीकृति दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषदमा शिक्षक अस्पताल भरतपुर बनाउने प्रस्ताव लगेका थिए ।

शिक्षक अस्पताल भरतपुर महानगरपालिका वडा नम्बर–१५ भगवानपुरमा बनाउने निर्णय भएको छ ।

शिक्षक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन समितिले केही दिन अगाडि शिक्षा मन्त्री पौडेललाई भेटेर चितवनमा अस्पताल बनाउन उपयुक्त हुने सुझाव दिएको थियो । उज्यालो