सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले दलित डेस्क स्थापना गरेको छ । गत फाल्गुन १२ गते दलित डेस्क स्थापना गरी सेवा दिईरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार दलित समुदायलाई सेवा प्रवाहमा सहजताका लागि डेस्कको स्थापना गरिएको हो ।
दलित समुदायको सेवा प्रवाह सहजतासंगै जिल्ला प्रशासनसँग सम्बन्धित अन्य कामहरुमा समेत डेस्कले सहयोग गर्ने पौडेलले जानकारी दिए । उनले समाजमा पछाडी पारिएको वर्ग र समुदायलाई राज्यबाट प्रदान गरिने सेवाहरु सहजतापुर्वक दिने उदेश्यले डेस्कको स्थापना गरिएको बताए । जिल्ला प्रशासन कार्यालयमा जुनसुकै सेवा लिन जाँदा निर्धक्कका साथ डेस्कबाट सल्लाह र सुझाव लिन सकिने उनले बताए ।
प्रशासनको सेवा बाहेक दलित समुदायले राज्यबाट प्राप्त गर्ने अन्य सेवासुविधाहरुको बारेमा समेत जानकारी दिन सकिने पौडेलले बताएका छन् ।
फरकबाटो २६ फाल्गुन २०८१, मंगलवार ११:०३