बाबुरामको ठट्टा- नलाऊ माया दुईतिर.. भनेर गीत गाउनेहरू तीनतिर पो भइयो

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा नेतृ रेखा थापाबीच सोमबार विमानस्थलमा जम्काभेट भेट भएको छ। विमानस्थलमा तीन जना एक साथ बसेको सेयर गर्दै भट्टराईले सामाजिक सन्जाल ठट्टा गरेका छन्।

एक ताका माओवादीमै रहेका तीनै जनाबीचको जम्काभेटपछि बाबुरामले लेखेका छन्- ‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो!’

कुनै समय एकसाथ रहेका उनीहरू अहिले तीन वटा पार्टीमा छन्। पुन माओवादीमै रहे पनि भट्टराई जसपा र रेखा थापा राप्रमामा लागेकी छन्।