
सुर्खेत । सुर्खेतमा १६ क्विइन्टल बढी काइनेटिक ढुङ्गा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर ११ समावेशी टोलका ३२ वर्षीय दिपककुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट गएको संयुक्त टोलीले बस्नेतको घरबाट उक्त सामान बरामद गरेको हो । बस्नेतको घरमा लुकाईछिपाई राखेको १६ क्विइन्टल ९१ किलो ७ सय ग्राम कालो तथा सेतो रंगको काइनेटिक ढुङ्गा जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
कार्यालयका प्रहरी नायव उपरिक्षक सुरज कार्कीले बस्नेतले लुकाई छिपाई राखेको बस्तु बरामद गरी खानी तथा भुगर्ब कार्यालय सुर्खेतमा पठाईएको बताए ।
उनका अनुसार बस्नेतलाई पक्राउ गरि आवश्यक अनुसन्धान समेत भईरहेको छ ।

फरकबाटो ८ श्रावण २०७९, आईतवार २१:०८