कर्णालीमा २५३ जना कोरोना संक्रमित थपिए, २९१ जना कोरोना संक्रमणमुक्त

सुर्खेत । कर्णाली प्रदेशमा शुक्रबार २५३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोरानाका सक्रिय संक्रमितको संख्या एक हजार ७९६ पुगेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका ४६१ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।

सुर्खेतमा १८२, कालीकोटमा २५, सल्यान र दैलेखमा १४, १४, जुम्लामा ६, डोल्पामा ७, जाजरकोट र मुगुमा दुई दुई जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ । शुक्रबार दुई सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।