विद्यार्थी राजनीतिबाट उदाएका चन्दका यस्ता छन् सिम्ताको मुहार फेर्ने प्रतिवद्धता


सुर्खेत /कोमल शाही । नेकपा एमालेबाट सिम्ता गाउँपालिकाको अध्यक्षका उम्मेदवार ऐन बहादुर चन्द २०४७ सालदेखि विद्यार्थी राजनीतिमा राजनीतिमा प्रवेश गरेका हुन् । २०५१ सालमा अनेरास्वयु सुर्खेतको जिल्ला अध्यक्ष भएर विद्यार्थी राजनीतिमा जिम्मेवार नेताको रुपमा छवि बनाएका थिए ।

उनी २०५३ सालमा तत्तकालिन सुर्खेत क्याम्पस शिक्षामा स्ववियू सचिव भए । अनेरास्वयुको केन्द्रीय सदस्य समेत रहेका चन्द २०५६ सालमा पार्टीको इलाका कमिटी सचिव थिए । चन्द २०५९ देखि २०७८ सम्म नेकपा एमाले जिल्ला कमिति सुर्खेतको सदस्य पदमा रहेर काम गरे ।

सफल राजनितिसँगै २०७८ मा भुमि सम्बन्धी समाधान आयोग सुर्खेतका अध्यक्ष समेत भए । हाल उनी नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य छन् । राजनीतिक विभिन्न उताडचडापलाई पार गर्दै उनी सिम्ता गाउँपालिकाको मुहार फेर्न अध्यक्षको उम्मेदवार उठेका छन् ।

आफु निर्वाचित भएपछि सिम्ता गाँउपालिकाको मुहार फेर्ने गरी काम गर्न प्रतिवद्ध रहेको बताए । उनले भौतिक पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता दिएका छन् । उनले समृद्ध सिम्ता, सुखी सिम्तालीको नारालाई सफल बनाउन सडक, खानेपानी, उर्जा, सुशासन र समग्र सामाजिक विकासलाई प्राथमिकता दिएका हुन् ।

उनले लोकतान्त्रिक मुल्यमान्यता अनुरुप विधिको सशासनको अनुभुति दिने गरी काम गर्ने बताए । गाउँपालिकामा सुशासन कायम गरी पारदर्शी र जनउत्तरदायी सरकार बनाउने प्रतिवद्धता व्यक्त गरे । सामाजिक समावेशीकरण सुरक्षा र लैगिंक विभेद् न्यूनिकरण जस्ता क्षेत्रमा उल्लेखनिय काम गर्ने प्रतिवद्धता चन्दले व्यक्त गरेका छन् ।