उद्योग मन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत

काठमाण्डौ  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत भएको छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आइतबार बिहान राजीनामा बुझाएका थिए ।

उनले राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गर्नु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । राजीनामा पछि हमालले आफूले कसैको दबाब र आग्रहमा नभइ स्वविवेकले राजीनामा दिएको उनले बताए ।

उनको नियुक्ति लगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ‘कोटा’ मा मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भइरहेको थियो । उनले शुक्रवार मात्रै पदभार ग्रहण गरेका थिए ।