कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट दिउँसो ३ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल हुने छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव डा. कृष्णप्रसाद पौडेलले कार्यसम्पादन समिति गठन गर्ने एकल कार्यसूची अनुसार बैठक बस्न लागेको जानकारी दिए ।