काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश भट्टराईद्वारा राजीनामा


सुर्खेत । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश डा.श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैँले कानुनी र नैतिकरूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै भट्टराईले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै सोमवार राजीनामा दिएका हुन् ।

उनले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पार्टीका मान्छेहरू न्याय परिषदमा नियुक्ति हुने गरेको आरोप लगाएका थिए । उनले न्याय परिषद्ले न्यायाधीशमा राजनीतिक पार्टीका मान्छेहरू अपारदर्शी ढङ्गबाट भर्ती गरिदिएपछि न्यायाधीशहरूको भविष्य नै अन्धकार भएको बताएका छन् ।

प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुनुअघि नै संसदीय समितिमा आफूले उजुरी हाले पनि संसदीय सुनुवाइ समितिले विवेक प्रयोग गर्न नसकेको भट्टराईले गुनासो गरे ।