सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई लिएर समीक्षा गर्नुपर्ने बताएका छन् ।
मंगलबार २९ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले अपेक्षा गरेअनुसार स्थानीय तह निर्वाचनमा मत नआएको भन्दै उनले गठबन्धनका घटकहरुले नै आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको बताए ।
उनले निर्वाचनका बेला भएको गल्तीलाई आगामी दिनमा ख्याल गर्नुपर्ने बताए ।


फरकबाटो ३ जेष्ठ २०७९, मंगलवार १३:४२