वीरेन्द्रनगर जेसिजको अध्यक्षमा शैलेन्द्र पाठक

वीरेन्द्रनगर जेसीजको अध्यक्षमा शैलेन्द्र पाठक चयन भएका छन् । उनी वर्ष २०२२ का लागि अध्यक्ष भएका हुन् ।

कार्यकारी उपाध्यक्षमा रिदेस गिरी र भिमबहादुर थापा, महासचिवमा संजोग भण्डारी, कानूनी सल्लाहकार सागर पौडेल, कोषाध्यक्षमा हिक्मत सापकोटा र सचिवमा दुर्गाप्रसाद शर्मा मनोनित भएका छन् ।

यस्तै उपाध्यक्षमा दिलिपजंग शाही, महेन्द्रकुमार थापा, युवक सापकोटा, मनोज एमसी रहेका छन् । शाखा सम्पादक मुना हमाल, तालिम संयोजक आकृति खड्का, जनसम्पर्क अधिकारी दिल्लु प्रसाद ढुंगाना, खेलकुद संयोजक प्रकाश खड्का मनोनित गरिएको छ ।

बाँकी पदहरुमा प्रथम बैठकबाट मनोनित गरिने  अध्यक्ष  पाठकले जानकारी दिए ।

मंगलबार वीरेन्द्रनगरमा वीरेन्द्रनगर जेसीज र वीरेन्द्रनर जुनियर जेसीज वर्ष २०२२ को सयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।