गुराँस आधारभुत तहमा शत–प्रतिशत भर्ना र अनिवार्य शिक्षा सुनिश्चित भएको गाउँपालिका घोषणा

कर्णाली प्रदेशमै पाँचौ र दैलेखमा पहिलो स्थानिय तह बन्यो

सुर्खेत । “समयमै भर्ना समयमै ज्ञान,गुणस्तरिय शिक्षा सबैको अभियान” भन्ने मुल नाराका साथ गुराँस गाउँपालिका दैलेखले आधारभुत तहमा शत–प्रतिशत भर्ना र अनिवार्य शिक्षा सुनिश्चित भएको गाउँपालिका घोषणा गरेको छ ।

आज बुधबार एक कार्यक्रमकाबिच घोषणा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समितिका संयोजक टोपबहादुर वि.सीले उक्त घोषणा गरेका हुन् ।

आधारभुत तहमा शत–प्रतिशत भर्ना र अनिवार्य शिक्षा सुनिश्चित भएको पालिका घोषणा गर्नेमा गुराँस गाउँपालिका कर्णालीका ७९ वटा स्थानिय तहमा पाँचौ स्थानमा पर्छ भने दैलेख जिल्लाका ११ वटा स्थानिय तहमा पहिलो स्थानमा पर्छ ।

जाजरकोट जिल्लाको कुशे गाउँपालिका, छेडागाड नगरपालिका, कालिकोट जिल्लाका तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाले यसअघि आधारभुत तहमा शत–प्रतिशत भर्ना र अनिवार्य शिक्षा सुनिश्चित भएको पालिका घोषणा गरिसकेका छन् ।

गाउँपालिकाको आयोजना तथा सेभ द चिल्डे«न र सोसेक नेपालको सहकार्यमा आधारभुत तहमा शत–प्रतिशत भर्ना र अनिवार्य शिक्षा सुनिश्चित भएको गाउँपालिका घोषणा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री खड्कबहादुर पोख्रेलले गाउँपालिकाले तयार गरेको दश बुँदे प्रतिवद्धता पत्र बाचन गरि प्रतिवद्धता ब्यानरमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मन्त्री पोख्रेलले शिक्षा क्षेत्रमा काम गर्नेहरुले जागीर भन्दा पनि विद्यार्थीको भविष्य हेरेर काम गर्नुपर्ने बताए । शिक्षकले कतीबेला चारबज्ला भन्नुभन्दा पनि मेरो विद्यार्थीको भविष्य कस्तो बनाउने भन्ने विषयमा चिन्ता गर्नुपर्ने धारणा राखे ।

सामुदायिक शिक्षकहरुले आफ्ना छोराछोरी निजि विद्यालयमा हालेर आँफुले तलबका लागि मात्रै काम गर्ने मनस्थिती नगराई विद्यार्थीको राम्रो भविष्यको लागि काम गर्न आग्रह गरे ।

गुराँस गाउँपालिका आधारभुत तहमा शत–प्रतिशत भर्ना र अनिवार्य शिक्षा सुनिश्चित भएको गाउँपालिका घोषणा गर्नेमा कर्णालीमा पाँचौ र दैलेख जिल्लाको सन्दर्भमा पहिलो हुन सफल भएकोमा मन्त्री पोख्रेलले बधाई समेत दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख केशव बहादुर शाहीले समेत गुराँसले शिक्षा क्षेत्रमा चालेको कदम सकारात्मक भएको भन्दै शिक्षा क्षेत्रमा थप चुतौती समेत थपिएको बताए । उनले घोषणापछि निरन्तरताको चुनौति भएको र यसमा सबै मिलेर काम गर्नुपर्ने बताए ।

कार्यक्रमका सभाअध्यक्ष तथा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सीले चुनौतिका बाबजुद पनि आँफुहरुले गुराँस गाउँपालिकालाई आधारभुत तहमा शत–प्रतिशत भर्ना र अनिवार्य शिक्षा सुनिश्चित भएको गाउँपालिका घोषणा गर्न सफल भएको भन्दै यस कार्यमा सहयोग गर्ने सम्पुर्ण संघसंस्था , निकाय तथा व्यक्तिहरुलाई धन्यबाद दिए ।

अब गुराँसका कुनैपनि ४ वर्षदेखी १२ वर्ष सम्मका बालबालिकाहरु विद्यालय बाहिर नहुने प्रतिवद्धता समेत अध्यक्ष वि.सीले व्यक्त गरे ।

गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले गुराँसका बालबालिकाहरु विद्यालय बाहिर नहुने र अपवादमा विद्यालय बाहिर भए विद्यालयको पहुँचमा पु¥याउनका लागि पहल गर्ने धारणा राखिन् ।

सेभ द चिल्डे«न कर्णाली तथा सदुरपश्चिमका फिल्ड कार्यालयका प्रमुख रत्नराज ओझाले संघसंस्थाहरुसंग कार्यक्रम भएपनि नभएपनि स्थानिय तह आँफैले अपनत्व लिएका कार्यक्रमहरु सफल हुने भन्दै गुराँस गाउँपालिकाले गरेका हरेक कार्यक्रमहरुदेखी आँफुहरु सन्तुष्ट भएको बताए । आधारभुत तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ तथा नियमावली २०७७ ले प्रदान गरेको व्यवस्था बमोजिम उक्त कार्यक्रम घोषणा गरिएको हो ।