कोरोना जोखिम बढे पछि कर्णाली भित्रिने मुख्य नाकामा हेल्थ डेक्स

सुर्खेत । कोरोना सङ्क्रमणको जोखिम बढे पछि कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा हेल्थ डेक्स संचालनमा ल्याइएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले प्रदेश सरकार र भेरीगंगा नगरपालिकाको सहयोग तथा समन्वयमा भेरीगंगा नगरपालिका वडा नं १० को तोलिखोला (छिन्चु)मा आइतबारदेखि हेल्थ डेक्स संचालनमा ल्याइएको हो ।

बबई हुँदै भारत तथा अन्य मुलुकबाट आउने नागरिकहरुलाई विशेष लक्षित गरेर हेल्थ डेक्स संचालनमा ल्याएको कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

उनले हेल्थ डेक्समार्फत स्वास्थ्य जाँच गरीने र लक्ष्ण देखिएकाहरुको एन्टिजेनमार्फत कोरोना परीक्षण गरिने बताए । छ । उहाँले उक्त ठाउँमा होल्डिङ सेन्टर निर्माण हुँदै गरेकोे अहिले अस्थायी रुपमा हेल्थ डेक्स संचालनमा ल्याएको जानकारी दिए ।

हेल्थ डेक्सका संचालनका लागि प्रदेश सरकारले स्वास्थ्य जनशक्ति पठाएको छ । उनले यस अघि सुर्खेत विमानस्थल र सुर्खेत विमानस्थलमा हेल्थ डेक्स संचालनमा ल्याइएको बताए ।

कोरोना सङ्क्रमणको तेस्रो लहर आए पछि कर्णालीमा पनि कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ एक हजार दुई सय ७२ सक्रिय सङ्क्रमितको संख्या छ ।