
सुर्खेत । निर्वाचनमा पत्रकारहरुको महत्वपुर्ण भुमीका रहने राष्ट्रिय निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले बताएकी छन् । मंगलबार आयोगले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको निर्वाचन रिपोर्टिङ सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
नागरिकलाई सहि सुचना दिने र कुनै दलले निर्वाचन आचारंहिता उलघंन गरेको खण्डमा सचेत समेत गराउने काम मिडियाकर्मीहरुले गर्ने उनले बताईन् । ‘निर्वाचनलाई भएरहित बनाउन पत्रकारहरुको ठुलो भुमीका रहन्छ’ उनले भनिन् “पत्रकार आचारसंहिताको प्रयोग गर्दै निर्वाचन आचारसंहिताको समेत प्रयोग गरि पत्रकारहरुले रिपोर्टिङ गर्नुपर्छ ।”
निर्वाचनका सम्बन्धमा विभिन्न सुचना भएको खण्डमा 1102 मा समेत फोन गर्न तुलाधरले आग्रह गरेकी छन् । यो बाहेक आयोगले सामाजिक सञ्जाल नियन्त्रणका लागि समेत संयन्त्र गठन गरेर काम गरिरहेको जानकारी दिईन् ।
सुरक्षामा प्रभाव पार्ने कुराहरु समेत निर्वाचनका समयमा हुने भएकोले यसलाई समेत निगरानी गर्नुपर्ने उनले बताईन् ।
कार्यक्रममा आयोगका सुचना अधिकारी तथा सहायक प्रवक्ता सुर्यप्रसाद अर्याल, प्रेश काउन्सिल नेपालका सदस्य ठाकुरप्रसाद वेलबासे, नेपाल पत्रकार महासंघ केन्द्रका कोषाअध्यक्ष कलेन्द्र सेजुवाल लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा निर्वाचन आचारसंहिता र आम सञ्चार क्षेत्र, पत्रकार आचारसंहिता लगाएतका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।
एकदिने प्रदेश स्तरिय अभिमुखिकरण कार्यक्रममा कर्णालीका करिब ३० जना बढि पत्रकारहरुको सहभागिता रहेको छ ।

फरकबाटो २९ चैत्र २०७८, मंगलवार १०:०६