एउटै नगरपालिकाका २९ जनाको मृत्यु

सुर्खेत । मुगु बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । मंगलबार मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ७ पिना तपने खोलामा पर्ने जुम्ला मुगु सडक खण्डमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उनीहरु सबैको सनाखत भएको जनाएको छ । मृतक मध्य २९ जना एउटै नगरपालिकाका रहेका छन् । कार्यालयका अनुसार छायाँनाथ रारा नगरपालिका का २९ जनाको मृत्यु भएको हो ।

नेपालगंजदेखि मुगु गमगढी जाँदै थरेको भे.१ ख.३१६७ नं.को बस सडकबाट दुई सय ५० मिटर तल खसेको थियो । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार दुर्घटनामा परेर अन्य १३ जना घाइते भएका छन् । त्यस मध्य १२ जनाको नेपालगञ्जमा उपचार भइरहेको उनले जानकारी दिए । एक जनाको मुगुमै उपचार भइरहेको छ ।

मृतकको नाम र ठेगाना

१) लग्न सेजुवाल (१९ वर्ष), छायाँनाथ रारा नगरपालिका वडा नं ७

२) मृतक लग्न सेजुवालका दुई बर्षिय छोरा

३) मनदेवी बम (२० वर्ष), छायाँनाथ रारा नगरपालिका वडा नं १०

४) पुजा बुढा (१८ वर्ष), छायाँनाथ रारा नगरपालिका वडा नं १०

५) प्यारी वि.क. (कामी) (३३ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ८

६) सन्तोष वितालु ( २२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ८

७) छाँता साउँद (वर्ष २२, छायाँनाथ रारा नगरपालिका वडा नं १२

८) बस चालक दान बहादुर रावल(३६ वर्ष) छायाँनाथ रारा नगरपालिका नं १२

९)सरिता खड्का (२० बर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०

१०) कर्ण सिंह बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४

११) मनरूप कुमाल (२५ वर्ष) सोरू गाउँपालिका वडा नं ३

१२ चन्द्रा देवी मल्ल (२३ वर्ष) छाँयानाथ रारा नगरपालिका वडा नं १

१३) राममाया भाम (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ६,

१४) अम्मर साउँद (१८ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०

१५) बर्षिय प्रकाश बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ११

१६) अजय कार्की (२९ वर्ष) छायाँनाथ रारा नगरपालिका वाड नं ५

१७) कमला वि.सी. ( रावत ) (३२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ५

८) सुन बहादुर वि.क. (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०

१९) शिव बुढा (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४

२०) अमृता शाही (२१ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७

२१) रुपसिंह कार्की (२० वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४

२२) महेन्द्र शाही (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७

२३) भगवती चन्द –बर्ष ३३) छायाँनाथ रारा नगरपालिका वडा नं ८

२४) सस्मिता बम –बर्ष १६) छायाँनाथ रारा नगरपालिका वडा नं ७

२५) प्रदिप स्वर्णकार (२२ वर्ष) बाँके राझाँ

२६) चन्द्र प्रकाश भाम (१८ वर्ष) छाँयानाथ रारा नगरपालिका १

२७) आदित्य विक्रम शाह (१२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७ का

२८) टोप बहादुर विष्ट, छायाँनाथ रारा नगरपालिका वडा नं ८

२९) आईत सिंह कामी –२३ वर्ष) सोरू गाउँपालिका वडा नं ८

३०) वसन्त भण्डारी –वर्ष१८ ) छाँयानाथ रारा नगरपालिका वडा नं १४

३१) नविन बुढा (वर्ष १८ ) छाँयानाथ रारा नगरपालिका ८

३२) छायाँनाथ रारा नगरपालिका मृतक अमृता शाहीको पाँच बर्षिय छोरा