
सुर्खेत । मुगुमा बस दुर्घटना भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको १ ख ६७ नम्बरको बस छाँयानाथ रारा नगरपालिका ७ पिनागाउँमा दुर्घटना भएको हो । बस आज दिउँसो २ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परी २२ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य १८ जना भने गम्भिर घाइते भएको प्रहरीको भनाई छ । अहिले घाइतेको उद्धार जारी रहेको प्रहरीले जनाएको छ । थप विवरण आउँन बाँकी छ ।

फरकबाटो २६ आश्विन २०७८, मंगलवार १५:२९