१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपाल शिर्ष स्थानमा

काठमाडौं । १९ वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हराएको छ ।

बङ्गलादेशको ढाकामा हिजो भएको खेलमा भुटानलाई हराउँदै नेपाल शिर्ष स्थानमा पुगेको हो । नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक÷एक गोल गरे । यो जितसँगै नेपालले तीन खेलमा ७ अङ्क जोडेको छ ।

नेपालले पहिलो खेलमा आयोजक बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको थियो । नेपालले भोलि भारतसँग खेल्नेछ । भारतको तीन खेलमा ६ अङ्क छ ।