रोपियो राजापुर र दुल्लु नगरपालिकामा छत्तिससय फलफुलका विरुवा

सुर्खेत । USAID /TAYAR  नेपालको आर्थिक सहयोगमा राजापुर नगरपालिका बर्दिया र दुल्लु नगरपालिका दैलेखमा फलफुलका विरुवा रोपिएको छ । राजापुर नगरपालिकाको वडा नं ३ र ५ नं वडामा ३ हजार विरुवा र दुल्लु नगरपालिका दैलेखको साहित्य पार्क तथा कृषि क्याम्पसमा ६ सय विरुवा रोपिएको अन्तरनिर्भर समाज सुर्खेतको कार्यकारी निर्देशक विवेक शाहीले जानकारी दिए ।

राजापुर नगरपालिका बर्दिया र दुल्लु नगरपालिकाको समन्वय र अन्तरनिर्भर समाज सुर्खेतका साझेदारीमा विरुवा रोपिएको हो ।

उनका अनुसार हर्वल र फुल जातका विरुवाहरु गत असार २१ गते देखी रोप्न सुरु गरिएको थियो । राजापुर नगरपालिका बर्दियाका प्रमुख दिपेश थारु र दुल्लु नगरपालिका दैलेखका प्रमुख भरत रिजालले विधिवत रुपमा हर्वल तथा फुल जातका विरुवाहरु रोप्ने कार्यक्रमको उट्घाटन गरेका थिए ।

हर्वल जातका विरुवा तथा फुलहरु रोप्नाले वातावरण हराभरा हुने र प्राकृतिक सुन्दरता बढ्ने हुनाले उक्त विरुवाहरु जोगाउने कर्तव्य नगरपालिकाहरुको भएकोले हेरालुको समेत व्यवस्था गरिएको बताइएको छ ।

अन्तरनिर्भर समाज सुर्खेतले वीरेन्द्रनगर नगरपालिका लगाएत विभिन्न स्थानिय तहहरुमा विभिन्न हर्बल जातका विरुवाहरु रोप्नेकाम गरिरहेको छ । साथै पिछडिएका समुदायहरुका लागि आयमुलक तथा सिपकुलक कार्यक्रमहरु विभिन्न क्षेत्रमा गर्दै आएको निर्देशक शाहीले बताए ।