सहकारीविरूद्ध बढ्दै उजुरी

सुर्खेत । पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको संख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले संकलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो ।

विभागमा गत मंसिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी परेको अभिलेख छ । एक महिनाको अन्तरालमा चार सय आठ उजुरी थपिएको विभागका उप रजिष्ट्रार खिमानन्द आचार्यले जानकारी दिए ।